दुर्गेश थापालाई ठूलो धक्का, महोत्सवबाट हटाइए

काठमाडौं । नायक पल शाहसँगको प्रकरणमा मुछिएका गायक तथा मोडल दुर्गेश थापालाई महोत्सवबाट हटाइएको छ ।

कैलालीको अत्तरियामा शुक्रबारबाट शुरू भएको ‘सुदूरपश्चिममा प्रादेशिक महोत्सव’मा सहभागी कलाकारको सूचीबाट थापाको नाम हटाएको हो ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव शुक्रबार फागुन १३ देखि फागुन २५ गतेसम्म आयोजना हुन लागेको छ ।

थापा विवादमा परेका कारण समस्या हुने भएपछि कार्यक्रमबाट हटाइएको महोत्सव आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिएका छन् ।

महोत्सवमा सर्वसाधारणको भीड हुने र थापामाथि हातपात हुने सम्भावना भएपछि हटाइएको जोशीले बताए ।

पललाई फसाउन दुर्गेशसहितको टिमले एकजना गायिकामार्फत जबरजस्ती करणीको योजना बनाएको भन्ने अडियो सार्वजनिक भएपछि दुर्गेश विवादमा परेका छन् ।

Published : Friday, 2022 February 25, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया