गायिका लता मंगेशकरको मुम्बईमा निधन

मुम्बई । भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आइतबार बिहान मंगेशकरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

मंगेशकरलाई कोरोनाभाइरसको संक्रमण भएपछि जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।

दुई सातादेखि उनको आईसीयूमा उपचार भइरहेको थियो । गायिका मंगेशकरले थुप्रै नेपाली गीतहरूमा पनि स्वर दिएकी छिन् ।

Published : Sunday, 2022 February 6, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया