मरिशस फुटबल टिमको सम्मानमा रात्रिभोज

काठमाडौं । नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिशसको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रिभोजको आयोजना गरिएको छ ।

नेपाल–मरिशस बिजनेश काउन्सिलले नेपालका लागि मरिशसका महाबाणिज्यदूत गणेश कार्कीले मरिशसको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजको आयोजना गरेका हुन् । टिमलाई नै कार्कीले सम्मान गरेका थिए ।

महाबाणिज्यदूत कार्कीले नेपालमा मरिशसको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महशुस भएको बताए ।

उनले नेपाल र मरिशसको मैत्रीपूर्णसम्वन्ध कायम गर्नुका साथै दुई देशका वीच खेल पर्यटन र भाईचारा विकास गर्न मद्धत पुग्ने बताएका छन् ।

विश्वनै कोभिडको महामारीमा रहेको अवस्थामा देखाएको सद्भाव अविस्मरणीय रहने उनले बताएका छन् ।

उनले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाल सुन्दर राष्ट्र भएको भन्दै फुटबलका माध्यमबाट नेपालको पर्यटनमा प्रचार प्रसार गर्नुपर्ने बताएका छन् ।

उनले विश्वमा शान्ति फैलाउने बुद्ध जन्मेको देश, सर्वोच्च शिखर सरगमाथा रहेको देश, पौराणिक र पुरातात्विक संरचनाले भरिपूर्ण भएको एक पर्यटकीयस्थल रहेकोले फुटबल खेलका माध्ययमले नेपालमा पर्यटनको विकास गर्न मद्धत पुग्ने भन्दै शेर्पाले दुई देशबीच पर्यटन आदान प्रदानलाई सहयोग पुग्ने बताए ।

अध्यक्ष शेर्पाले मोरिशस टिमलाई नेपाल बसाई सुखपूर्ण र आनन्दमयी होस भन्ने कामना समेत गरेका छन् ।

कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिससबीच जनस्तरमा दुई देशका सम्वन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीच पर्यटन र ब्यापार प्रवर्द्धनका लागि समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।

कार्यक्रममा मोरिशस टिमलाई मायाको चिनोको रुपमा नेपाली ढाकाटोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो ।

Published : Thursday, 2022 February 3, 6:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया