मधेश नाम राखेको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम । जनकपुरधाममा युवाहरूले प्रदेश २ को नाम मधेश राखेको विरोधमा प्रदर्शन गरेका छन् ।

मंगलबार जनकपुरधाममा भएको प्रदर्शनमा युवाहरूले प्रदेश सांसदहरूको पुत्ला पनि जलाएका छन् । ८ जिल्लालाई मात्रै मधेश प्रदेश बनाएकोमा युवाहरूले विरोध जनाएका हुन् ।

उनीहरूले २२ जिल्लालाई मधेश भनिने गरेकोमा अब मधेशलाई ८ जिल्लामा सीमित गर्ने काम भएको आरोप लगाएका छन् ।

सुशील कर्णको अगुवाईमा भएको प्रदर्शनमा नारावाजी समेत भएको छ ।

कर्णले ‘मिथिला भोजपुरा मधेश प्रदेश’ नाम राख्नुपर्नेमा प्रदेश सांसदहरूले मधेशको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रको भू–भागलाई बेवास्ता गरेर ८ जिल्लामा सीमित गर्ने काम भएको बताए ।

प्रदेशको नाम मिथिला–भोजपुरा प्रदेश गर्दा पहिचान र सांस्कृतिक समेत झल्किन्थ्यो भन्ने उनको भनाइ छ ।

पर्साको वीरगंजमा पनि मधेश प्रदेशको राजधानी वीरगंज नबनाएको भन्दै मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नारावाजी भएको छ ।

स्थानीयले मुख्यमन्त्री राउतको पुतला दहन गरेका छन् ।

Published : Tuesday, 2022 January 18, 1:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया