नायिका पाण्डेले भेटिन दनक, अस्पताल भर्ना

मुम्बई । बलिउड नायिका एवम् मोडल पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् ।

पाण्डेका पति स्याम बम्बेले कुटपिट गरेपछि घाइते बनेकी उनलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चार संस्था एएनआईले जनाएको छ ।

पाण्डेका पति स्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । श्रीमती पाण्डेको उजुरीपछि प्रहरीले बम्बेलाई पक्राउ गरेको हो ।

मुम्बई प्रहरीले दिएको जानकारी अनुसार ऊजुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् ।

एएनआईका अनुसार नायिका पाण्डेको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ ।

नायिका पाण्डेले पति बम्बेले आफूलाई प्रताडित गरेको आरोप लगाएकी छिन् ।

अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै नायिका पाण्डेले स्याममाथि शोषण र धम्की दिएको आरोप लगाएकी थिइन् ।

पक्राउ परेका स्याम बम्बे फिल्म निर्माता हुन् । उनले ‘गल बन गई’ र ‘बेफिक्रा’ जस्ता गीतको निर्देशन पनि गरेका छन् ।

Published : Tuesday, 2021 November 9, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया