पति छाडेपछि एक्लै उत्तराखण्डमा रमाउँदै यी नायिका

मुम्बई । दक्षिण भारतीय नायिका सामन्था अक्केनेनी कामलाई थाँती राखेर बिदा मनाउन उत्तराखण्डको ऋषिकेश पुगेकी छिन् ।

उनले त्यहाँको केही आकर्षक तस्बिर सामाजिक सञ्जालमा सेयर पनि गरेकी छिन् । तस्बिरलाई फ्यानहरूले निकै मन पनि पराएका छन् ।

उनले होटलको स्वीमिङ पुलदेखि, वन–जंगल, बाँदर, कुकुरलगायत थुप्रै तस्बिर सामाजिक सञ्जाल स्टाग्राममा सेयर गरेकी छिन् ।

समान्थाले नागा चैतन्यसँग अघिल्लो महिना मात्रै डिभोर्स गरेकी थिइन् । उनीहरूबीचको असमझदारीका कारण विवाह बन्धनमा बाँधिएको चार वर्षमै समान्था र चैतन्यले बैवाहिक सम्बन्ध टुंग्याएको थिए ।

एकले अर्कालाई समय दिन नसकेपछि सम्बन्धमा चिसोपना आएको बताइएको छ ।

नायिका सामन्था पहिलो पटक बलिउड चलचित्र ‘फेमिली मेन २’ मा देखिएकी थिइन् । सामन्थाले सन् २०१० बाट अभिनय यात्रा थालेकी हुन् ।

नागा चैतन्य दक्षिण भारतका सुपरस्टार नागार्जुनका छोरा हुन् । उनले सन् २००९ मा ‘जोस’ चलचित्रबाट डेब्यु गरेका थिए ।

Published : Friday, 2021 October 22, 7:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया