निषेधाज्ञाका बेला जय र अनुजाको स्वरमा ‘बरबर आँशु’ रिलिज

काठमाडौं । गायक जय देवकोटा र गायिका अनुजा पुडासैनीको स्वरमा ‘बरबर आँशु’ बोलको लोक गीत रिलिज भएको छ ।

बिगतको मायाप्रेमलाई स्मरण गरेर बनाइएको ‘बरबर आँशु’मा शब्द र संगीत जय देवकोटाकै छ । युट्युबमा शनिबार रिलिज भएको गीतले राम्रोत प्रतिक्रिया पाएको छ ।

गायक देवकोटाले प्रेमी र प्रेमिकालाई ध्यान दिएर गीत बनाइएको बताए । बिगतको कुरालाई गीतमा राखिएको उनको भनाइ छ ।

निषेधाज्ञाका बेला गीतलाई रिलिज गरिएको बताएका गायक देवकोटाले अहिलेसम्म राम्रो भ्यूज र प्रतिक्रिया पाएको बताएका छन् ।

तरंग डिजिटलको पोष्ट प्रोडक्सन रहेको म्युजिक भिडियोलाई मदन खड्काले निर्देशन गरेका छन् ।

म्युजिक भिडियोमा जय देवकोटा र सीता धमलाको अभियन रहेको छ । म्युजिक भिडियोको सम्पादन अनिल रानाको रहेको छ ।

Published : Sunday, 2021 May 16, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया