कोरोनाका बिरामीको उद्धार गर्ने हेलिकप्टरको भाडा तोकियो

काठमाडौं । कोरोना संक्रमित बिरामीको ओसारपसार र अन्य आकस्मिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरको भाडा तोकेको छ ।

प्राधिकरणले बेल २०६ समूहको भाडा प्रतिघण्टा एक हजार ५०० डलर, आर ४४ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा एक हजार डलर र एमआई–१७ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा छ हजार डलर तय गरेको छ ।

कोराना संक्रमित बिरामी ओसारपसार तथा अन्य आकस्मिक उद्धार उडान सञ्चालन गर्दा हेलिकप्टर कम्पनीहरूले तोकेभन्दा बढी भाडा लिएपछि प्राधिकरणले भाडा दर तोकेको छ ।

Published : Monday, 2021 May 10, 7:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया