कायक स्लालम च्याम्पियनसिप वैशाखमा हुने

काठमाडौं । नेपाल र्‍याफ्टिङ्ग एण्ड क्यानोईङ्ग संघको आयोजनमा नवौं राष्ट्रिय कायक स्लालम च्याम्पियनसिप तथा पाँचौ राष्ट्रिय र्‍याफ्टिङ्ग च्यामिपयनसिप २०७८ वैशाख ७ र ८ गते हुने भएको छ ।

कोभिड १९ को महामारी पश्चात प्रतियोगिताहरू सुस्ताइरहेको अवस्थामा खोला सम्वन्धी प्रतियोगिताहरू र गतिविधीहरू नभइरहेको अवस्थामा नेपाल एसोशियसन अफ र्‍याफ्टिङ्ग एजेन्सीज र हिमालयन रिभर गाईड एसोशियसन तथा नेपाल र्‍याफ्टिङ्ग तथा क्यानोईङ्ग संघको अफिसियलहरूको बैठकले सो निर्णय गरेको हो ।

खोलाको खेलको गतिबिधीलाई अगाडि बढाउनु पर्ने निर्णका साथ च्याम्पियनसिप आयोजना गर्न लागिएको नेपाल र्‍याफ्टिङ्ग तथा क्यानोईङ्ग संघका महासचिव सुदीप गौतमले जानकारी गराए ।

च्याम्पियनसिप त्रिसुली खोलामा आयोजना हुनेछ । जसका लागि आयोजकले टिम दर्ताको लागि आह्वान गरेको समेत महासचिव गौतमले बताए ।

Published : Sunday, 2021 April 4, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया