को–को बन्दै छन् नयाँ मन्त्री, पूर्वमाओवादीहरूको भाग्य खुल्यो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य शुरु गरेका छन् ।

ओलीले रामबहादुर थापालाई गृहमन्त्री नै बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

टोपबहादुर रायमाझी उर्जा, मणि थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी ओलीको रहेको छ ।

दावा लामा र प्रभु साहको पनि मन्त्री बन्ने चर्चा चलेको छ । प्रभु साह प्रचण्ड–माधव नेपालको समूह छाडेर आउने हो भने मन्त्री दिने ओलीको आश्वासन रहेको एक नेताले बताए ।

प्रचण्डको समूह परित्याग गरेर आफूतिर आएमा ओलीले साहलाई श्रम तथा रोजगार मन्त्रालय दिने सम्भावना छ ।

गौरीशंकर चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको दाबी गरिएको छ ।

नेकपाका नेता बामदेव गौतमलाई पनि उप–प्रधानसहित रक्षा मन्त्री बनाउने चर्चा पनि चलेको छ । तर, गौतमले कुन नेकपामा लाग्ने हुन स्पष्ट भएको छैन ।

ओली नेतृत्वको नेकपामा गौतम सहभागी भए भने मन्त्री बन्ने पक्का रहेको एक नेताले बताए ।

Published : Friday, 2020 December 25, 5:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया