सर्वोच्च अदालत बारमा कांग्रेस निकटको समूहलाई शानदार जित, हारे कम्युनिस्टहरू

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएशनको नयाँ कार्यसमितिमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले सानदार विजय हासिल गरेको छ ।

शनिबार काठमाडौंको रामशहापथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

शाक्यले २९५ मत पाएका थिए । शाक्यसँग सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता २५० मतसहित पराजित भएका छन् ।

उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल (प्रगततिशील) २८४ मतसहित विजयी भएका छन् । पौडेलसँग नमराज रिजाल (लोकतान्त्रिक)२५४ मतसहित पराजित भएका छन् ।

सचिवमा ऋषिराम घिमिरे (लोकतान्त्रिक) ३१६ मतसहित विजयी भएका छन् । अञ्जिता खनाल (प्रगतिशील) २२४ मतसहित सचिवमा पराजित भएकी छिन् ।

सह–सचिवमा शर्मिला श्रेष्ठ (लोकतान्त्रिक) २८० मतसहित विजयी भएकी छिन् । श्रेष्ठसँग शोभा कार्की (प्रगतिशील) पराजित भएकी छिन् । कार्कीले जम्मा २५९ मत पाएकी छिन् ।

कोषाध्यक्षमा विनोदकुमार कार्की (लोकतान्त्रिक) २७४ मतसहित विजयी भएका छन् । कार्कीसँग श्यामकुमार खत्री (प्रगतिशील) २६० मत ल्याएर पराजित भएका छन् ।

महिला सदस्यमा अमिता गौतम पौडेल (लोकतान्त्रिक) निर्वाचित भएकी छिन् । गौतमले २९१ मत पाएकी छिन् । पराजित प्रगतिशील समूहकी देवी रेग्मीले २०८ मत पाएकी छिन् ।

सदस्यहरूमा अनन्त कार्की (प्रगतिशील) ले २५८, अनन्तराज लुइँटेल (प्रगतिशील)ले ३०२, तिलकबिक्रम पाण्डे (प्रगतिशील)ले २५६, दीपनारायण शाह (प्रगतिशील)ले ३०३, विकास भट्टराई (लोकतान्त्रिक)ले २७६, राजेन्द्रप्रसाद शाह (लोकतान्त्रिक)ले ३१३, मिराज श्रेष्ठ (लोकतान्त्रिक)ले ३०५, डा.रामहरि त्रिपाठी (लोकतान्त्रिक)ले २६९ र निर्मला भण्डारी (लोकतान्त्रिक)ले २७४ मतसहित निर्वाचित भएका छन् ।

Published : Saturday, 2020 December 19, 10:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया