मुस्लिम आयोगद्वारा दशैँ, तिहारको शुभकामना प्रदान

काठमाडौं । मुस्लिम आयोगले दशैँ, तिहार, नेपाल सम्वत र छठ पर्वको शुभकामना दिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मंगलबार शुभकामना सन्देश जारी गरेर कोरोनाको महामारीका बेला सुरक्षित रहेर पर्वहरू मनाउन अनुरोध गरेका छन् ।

‘हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै कोरोनाभाइरसबाट आफू र आफ्नो परिवारलाई सुरक्षित राखेर सुरक्षाको मापदण्ड अपनाइ चाडपर्व मनाउन हुन अनुरोध गर्दछु’, अध्यक्ष अन्सारीले भनेका छन्, ‘नेपाली राष्ट्रिय एकता, अखण्डता अझ मजबुत बनोस् साथै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।’

Published : Tuesday, 2020 October 20, 3:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया