लुम्विनीका मुख्यमन्त्रीले खड्गप्रसाद ओलीलाई झट्का दिए, पोखरेलको प्रशंसा

काठमाडौं । केन्द्र सरकारले कोरोना संक्रमितको उपचार र परीक्षणमा शुल्क लिने निर्णय गरेर आलोचित बनिरहेका बेला लुम्विनी प्रदेशले भने संक्रमितहरूको उपचार निःशुल्क गर्ने जनाएको छ ।

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट लुम्विनी प्रदेशका चार वटा कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीको निःशुल्क उपचार हुने जनाएका हुन् ।

उनले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क हुने उल्लेख गरेका छन् ।

‘लुम्विनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ’, मुख्यमन्त्री पोखरेलले भनेका छन् ।

केन्द्र सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार र परीक्षण नगर्ने भनेर निर्णय गरेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीको आलोचना भइरहेको छ ।

केन्द्र सरकारका स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पनि आलोचना भइरहेका बेला लुम्विनी प्रदेशको निर्णयको प्रशंसा भएको छ ।

Published : Tuesday, 2020 October 20, 9:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया