महाधिवेशनबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । विदेशी बुहारीलाई अंगीकृत नागरिकता दिने विषयमा देखिएको विवादमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे समेत छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको हो ।

कांग्रेसले १४औँ महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो ।

कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुनमा सम्पन्न भएको थियो ।

Published : Sunday, 2020 June 28, 7:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया