कांग्रेसका युवा नेता महर्जनले राजनीति मात्रै होइन, यसरी धार्मिक सेवा पनि गर्छन्

चापागाउँ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका ११ मा रहेको चन्द्र भैरबको मन्दिर जिर्ण बनेको थियो । चापागाउँ बजारको मुटुमा रहेको यो मन्दिरको आफ्नै इतिहाँस छ ।

नेपाली कांग्रेसका युवा नेता एवम् राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जनले यो मन्दिरको जिर्णोद्धार गर्नुका साथै संरक्षणमा विशेष भूमिका खेले । जसका कारण चन्द्र भैरबको मन्दिरले आफ्नो शिर उठाउन पाएको छ ।

यो मन्दिर ३ सय वर्ष अगाडि निर्माण भएको हो । बिक्रम सम्बत १९९० सालको भूकम्पले उक्त मन्दिर पूर्णरुपमा क्षति भएको थियो । पछि स्थानीय बासिन्दाको सहयोगले टायलको छानो राखेर जिर्णोद्वार गरिएको थियो ।

भैरब मन्दिरमा प्रत्येक दिन दर्शन गर्नेको भिड लाग्नेगर्छ । चापागाउँ ललितपुर क्षेत्र नम्बर १ को सदरमुकाम मानिन्छ । चापागाउँको बाटो सानो भएकाले उक्त मन्दिरको पूर्वी भागमा रहेको छानो बिगतमा ट्रकले छोएर पूरै भत्किएको थियो ।

त्यसपछि युवा नेता महर्जनले आफ्नै पहलमा भैरब मन्दिर बनाउने निधो गरे । २०६९ साल असोज ५ गते महर्जनकै अध्यक्षतामा चन्द्र भैरब मन्दिर पुनः निर्माण समिति गठन भयो । समिति बनेकै दिन महर्जनले डोजर लगाएर मन्दिर भत्काए ।

त्यसपछि महर्जनले विभिन्न संघ संस्था उद्योग ब्यवसायी, तत्कालीन जिल्ला विकास समिति र स्थानीयवासीहरूको सहयोगमा २ वर्षभित्र लगभग १ करोड खर्च गरेर पुनःनिर्माण गरेका थिए । मन्दिरमा दाची ईटा, तामाको छानो राखेर पुनःनिर्माण गरिएको थियो ।

मन्दिर नजिक ऐतिहासिक ईस्खा पोखरी रहेको छ । ईस्खा पोखरीको कम्पाउण्डभित्र शिव मन्दिर रहेको छ । प्रत्येक वर्ष जनै पूर्णिमाको दिन शिव मन्दिरमा पूजा गरि त्यही पोखरीको पानी भरेर क्वाटी बनाएर खाने चलन छ । अहिले सम्मपनि सो चलन चल्दै आइरहेको छ । जनै पूर्णिमाको २ दिनसम्म भक्तजनहरू भजन–किर्तन गरि पोखरीको पानीले मुख धोएर चोखो भएर जाने चलन कायमै छ ।

पोखरी सयौँ वर्ष अगाडि ठूलो ढुङ्गाले बनेको कारण पूरै ढुङ्गा खसेर पोखरीको स्वरुप बिग्रिसकेको थियो । पोखरीमा जान समेत अप्ठ्यारो परि सकेको थियो ।

कांग्रेसका युवा नेता महर्जनकै पहलमा उक्त ऐतिहासिक पोखरी स्थानीयवासीहरू उद्योग ब्यवसायीहरूको सहयोगमा पुनःनिर्माण गरिएको थियो । पोखरीमा भएको हिलो डोजर लगाएर निकाली सफा गरिएको थियो । त्यस बेला ३० लाख बराबर खर्च गरेर पोखरीमा कम्पाउड, गार्डेनसहितको ईस्खा पोखरी पुनःनिर्माण सम्पन्न गरिएको महर्जनले बताएका छन् ।
महर्जनले चन्द्र भैरब मन्दिर नजिक रहेको ऐतिहासिक गणेश मन्दिर समेत दाची ईटाले पुनःनिमार्ण समेत गरेका थिए ।

गोदावरी नगरपालिका वडा नम्बर ७ देवीचौरमा सत्यश्वर महादेव मन्दिर निर्माण गरि पुजारी ब्यवस्थापन गरेर महर्जनले स्थानीयबासीहरूको मन–मुटुमा धार्मिक ब्यक्तित्वको छाप छाडेका छन् ।

महर्जनले महांकाल गाउँपालिका बुखेलको उनीउचौरमा राधाकृष्ण मन्दिर निर्माण कार्यको पूर्ण सहयोगका साथै उपत्यकाको चार बाराहीमध्य बज्रबाराही मन्दिर जाने बाटो समेत चौडा बनाई भक्तजन आवत जावतको लागि ठूला सवारी सहज आवत–जावात हुने सडक निर्माण गरेका थिए ।

धार्मिक व्यक्तित्वको रुपमा पनि महर्जन परिचित छन् । महर्जनले ललितपुर क्षेत्र नम्बर १ को प्रसिद्ध मन्दिर गोदावरी नगरपालिका ५ को लेलेमा तिलेश्वर महादेवको मन्दिर पुनर्निर्माणमा सहयोग गरेका थिए । उनले अन्य धार्मिक सम्पदा निर्माण र पुनर्निर्माणमा अनगिन्ती सहयोग गर्दै आइरहेका छन् ।

स्थानीयवासीहरू खुसी भएर महर्जनलाई धिमे बाजा, पञ्चेबाजासहित करीब १ किलो मिटरसम्म हजारौँ स्थानीयले फूलमाला र अबिर जात्रा गरि चापागाउँ परिक्रमा गराएका थिए । उनलाई वृद्धवृद्धाले आशीर्वाद समेत दिएका थिए ।

महर्जन ललितपुर जिल्लामा निकै लोकप्रिय मानिन्छन् । महर्जन समाज सेवामा निकै सक्रिय छन् । महर्जन नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्य सचिव समेत हुन् ।

महर्जन राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष हुँदा खेलकुदको क्षेत्रमा उल्लेखनीय कार्यहरू गरेका थिए । उनले निमित्त सदस्य सचिव समेत भइ काम गरेको अनुभव छ ।

महर्जन करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । महर्जन खेलकुद खेलकुद क्षेत्रको हस्तीका रुपमा परिचित व्यक्ति पनि हुन् ।

Published : Saturday, 2020 June 27, 11:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया