शनिबार काठमाडौं उपत्यकामा भेटिए पाँच संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शनिबार थप ५ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ४ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ महिला र ३ पुरुष र भक्तपुरकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता डा.गौतमले बताए ।

Published : Saturday, 2020 June 27, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया