बोधी दर्शनका अनुयायीहरूलाई दुःख नदिन कांग्रेसका केन्द्रीय सदस्य लामाको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामाले बोधी दर्शनका अनुयायीहरूलाई सरकार र प्रहरी, प्रशासनले दुःख दिएको भन्दै चिन्ता जनाएका छन् ।

कांग्रेस नेता लामाले शुक्रबार विज्ञप्ति जारी गरेर धार्मिक एवम् दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रह भएर कुनै पनि कार्य नगर्न चेतावनी दिएका हुन् । उनले संविधानले नै धार्मनिरपेक्षता घोषणा गरिएसकेको अवस्थामा बोधी दर्शनका अनुयायीहरूलाई विभिन्न बहानामा दुःख नदिन आग्रह गरेका छन् ।

‘विगत केही समयदेखि बोधी दर्शनविरुद्ध राष्ट्रले अबलम्बन गरेको नीति र दुर्व्यवहारले यस दर्शनका अनुयायी एवम् शुभचिन्तकहरूलाई दुःखी तुल्याएको छ’, कांग्रेस सांसद लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘धार्मिक एवम् दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रही भएर गरेको व्यवहारले हामीलाई दुखित् तुल्याएको छ’, उनले भनेका छन्, ‘आधारहीन विभेदकारी कार्यको घोर भर्त्सना गर्दछौँ ।’

कांग्रेसका सांसद लामाले भनेका छन्, ‘राज्यले सबै धर्म, आस्था र सबै धर्म गुरु अनुयायीहरूप्रति संहिष्णुता बन्न आग्रह गर्दछु ।’

‘हाम्रो देश नेपाल एक धार्मनिरपेक्ष राष्ट्र हो’, उनले भने, ‘धार्मिक स्वतन्त्रता प्रत्येक नागरिकको नैसर्गिक एवम् संविधान प्रदत्त अधिकार हो ।’

‘बोधी मार्गदर्शन, मैत्री धर्म एक जगत एक प्रणाली एक धर्मको सीमानिहीत संसार बनाउने महान उदेश्यले प्रेरित भएर स्थापित भएको हो’, उनले भने ।

प्रहरीले विगत केही महिनादेखि रामबहादुर बमजनको आश्रममा छापामार्नेदेखि आश्रममा रहेका अनुयायीहरूलाई पक्राउ गर्नेदेखि विभिन्न बहानामा दुःख दिने गरेपछि कांग्रेसका केन्द्रीय सदस्य लामाले सो विषयमा चासो र चिन्ता जनाएका हुन् ।

लामाले रामबहादुर बमजनकाे गल्ती छभने अनुसन्धान गर्ने अधिकार प्रहरी, प्रशासन र राज्यलाई भएपनि आश्रममा बसेका व्यक्तिहरूलाई पक्राउ गर्नेदेखि दुःख दिने जस्ता कार्यहरू नगर्न चेतावनी दिएका हुन् ।

Published : Friday, 2020 June 26, 5:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया