प्रहरी निरीक्षक सिंह घुसको रकमसहित पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाश सिंहलाई घुसको रकमसहित पक्राउ गरेको छ ।

निरीक्षक सिंहसँगै कानून व्यवसायी हिमालय सिंह बिष्ट पनि पक्राउ परेका छन् । उनीहरूलाई ५० हजार घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

इन्स्पेक्टर कार्की र अधिवक्ता हिमालय विक्रम विष्टले जवर्जस्तीकरणी र सार्वजनिक हितविरुद्धको दुईवटा मुद्दा मिलाइदिने भन्दै प्रतिवादीसँग ५० हजार रुपियाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका निमित्त कार्यालय प्रमुख महेश पाण्डेयले बताएका छन् ।

दुबै जनालाई बिहीबार कञ्चनपुर ल्याएर शुक्रबार काठमाडौं लगिने निमित्त कार्यालय प्रमुख पाण्डेयले बताए ।

Published : Friday, 2020 June 26, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया