जलजलाका अध्यक्ष मल्लको कामबाट कम्युनिस्ट युवाहरू प्रभावित, नेकपा छाडेर कांग्रेस प्रवेश

जलजला । पर्वत जिल्लाको जलजाल गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई दर्जन युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कम्युनिस्टहरूलाई झुट, फरेबी र धोकेबाजभन्दै जलजला गाउँपालिका वडा नम्बर ६, शालिजाका दुई दर्जन युवाहरूनेकपा परित्याग गरेर कांग्रेसमा प्रदेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका युवा नेता एवम् जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ‘रामकृष्ण’ले पार्टीमा भित्र्याए । मल्ल पर्वत कांग्रेसका कोषाध्यक्ष समेत हुन् । उनी जिल्लामा कांग्रेसका लोकप्रिय युवा नेताका रुपमा परिचित छन् ।

युवा नेता मल्लले कम्युनिस्टहरू भनेका धेरै झुटको खेती गर्नेहरूको झुण्ड रहेको भन्दै कांग्रेसले जे बोल्छ त्यो गरेरै छाड्ने बताए । उनले कांग्रेसले कम्युनिस्टले जस्तो झुठको खेती गर्न नजानेको बताए ।

लोकतन्त्रको संस्थागत विकास र नागरिक अधिकारको रक्षाका लागि कांग्रेसले कसैसँग सम्झौता नगर्ने उनले बताए ।

नेता मल्लले गाउँको विकास र जनताको समृद्धिका लागि कांग्रेसले पूर्ण इमानदारिताका साथ काम गर्ने बताए ।

मल्लले कम्युनिष्टहरूले चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न नसकेका कारण नेकपाका कार्यकर्तामा निरासा बढ्दै गएको बताएका छन् ।

सस्तो लोकप्रियताका लागि गरिने अनर्गल प्रचारबाजीले कसैको पनि राजनीति दिगो नहुने युवा नेता मल्लले बताएका छन् ।

गाउँपालिकाबाट वितरण हुने सबै सेवासुविधामा सम्पूर्ण गाउँबासीको समान अधिकार रहेको भन्दै अध्यक्ष मल्ले आफूले आस्थाका आधारमा भन्दा पनि आवश्यक्ताका योजनाहरू वितरण गरेको बताए ।

अध्यक्ष मल्लले गाउँको विकासका लागि राजनीतिभन्दा माथि उठेर जलजलाको प्रगतिका निम्ति हातेमालो गर्न सबैमा अपील गरेका छन् ।

कार्यक्रममा जलजला वडा नम्बर ४ का वडाध्यक्ष भीष्म मल्ल, जलजला गाउँपालिकाका राजनैतिक सल्लाहकार याम शर्मा पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सह–सचिव जीतबहादुर मगर पुन, नेपाली कांग्रेस शालिजाका सभापति बलबहादुर पुर्जा लगायतले कांग्रेसमा प्रवेश गरेका नेकपाका साथीहरूलाई योग्यता र क्षमताका आधारमा पार्टीमा स्थान दिइने बताए ।

नवप्रवेशी सबै युवाहरूले जलजला गाउँपालिकाका अध्यक्ष मल्लको कामबाट प्रभावित भएर आफूहरू नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।

Published : Thursday, 2020 June 25, 1:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया