स्याङजाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

योसँग कोरोनाको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

बुधबारबार राति ११:३५ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक सह.प्रा.डा अर्जुन आचार्यले जानकारी दिएका छन् ।

असार ८ गते भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

केही दिन अगाडि कोभिड–१९ पोजेटिभ भई उपचारको क्रममा प्रतिष्ठानमा स्याङजाकै बिरामीको पोखरामा मृत्यु भएको थियो ।

Published : Thursday, 2020 June 25, 7:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया