साउनदेखि पुनः पूर्ण लकडाउनको तयारी

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै पूर्ण लकडाउन गर्नेबारे सुरक्षा निकायहरूसँग छलफल गरिरहेको छ ।

विभिन्न सरकारी संयन्त्र प्रयोग गरी कोरोनाको संक्रमण बढ्दै ५० हजारसम्म पुग्छ भन्नु र सरकारले पूर्ण लकडाउनको बारेमा सुरक्षा निकायसँग छलफल गर्नुले साउनदेखि पुनः पूर्ण लकडाउन तयारी थालेको आशंका जन्मिएको हो ।

केही दिनअघि स्वास्थ्य मन्त्रालयले साउनमा कोरोना संक्रमणको दर ४० हजार पुग्ने दावी गरेको थियो ।

नेपाली सेनाको पृतनापति सम्मेलनमा ५० हजार पुग्ने अनुमान प्रक्षेपण गर्नुले पूर्णलकडाउनको तयारी बढिरहेको संकेत गर्न थालिएको छ ।

Published : Monday, 2020 June 22, 7:52 am

फेसबुकबाट तपाईको प्रतिक्रिया