आइतबार १९४ जना कोरोनाबाट मुक्त

काठमाडौं । कोरोना भाइरसको संक्रमण जितेर १९४ जना घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले ८ महिाल र १८६ पुरुष गरी १९४ जना निको भएको बताए ।

काठमाडौंमा ५ जना, जलेश्वरमा १८ जना, सर्लाहीमा ४२ जना, सप्तरीमा ११ जना, गौरमा ४२ जना निको भएका हुन् ।

योसँग नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ६२ पुगेको छ ।

Published : Sunday, 2020 June 21, 5:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया