दलित संघ खोटाङका अध्यक्ष एवम् कांग्रेस नेता बिकको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल दलित संघ खोटाङका जिल्ला अध्यक्ष हीराबहादुर बिकको निधन भएको छ ।

५६ वर्षीय बिकको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ४ स्थित आफ्नै निवासमा शुक्रबार निधन भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा शनिबार जारी शोक वक्तव्यमा उल्लेख छ ।

नेपाली कांग्रेस खोटाङका पूर्व जिल्ला सदस्य समेत रहेका स्व.बिकले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ ।

बिकको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको भन्दै कांग्रेसले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

कांग्रेसले स्व.बिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका गरेको छ ।

Published : Saturday, 2020 June 20, 6:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया