ललितपुर कांग्रेसका नेता कर्माचार्यको निधन

लगनखेल । नेपाली कांग्रेस ललितपुरका नेता दिलिप कर्माचार्यको निधन भएको छ ।

कर्माचार्यको असार ६ गते शनिबार ललितपुरमा निधन भएको नेपाली कांग्रेसको खेलकुद विभागका सदस्य सचिव एवम् युवा नेता मीनकृष्ण महर्जनले जानकारी दिए ।

०६२/६३ को दोस्रो जनआन्दोलनमा ललितपुर जिल्लामा अग्रपंक्तिमा रहेर शाही शासनका विरुद्ध संघर्ष गरेका कर्मचार्य नेविसंघ ललितपुरका जिल्ला अध्यक्ष समेत हुन् ।

कर्माचार्यको निधनले ललितपुर कांग्रेसलाई क्षति पुगेको सभापति मदनबहादुर अमात्यले बताएका छन् ।

Published : Saturday, 2020 June 20, 4:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया