कांग्रेसलाई कमजोर ठान्दा कम्युनिस्टहरूले देखे कर्णालीमा पावर

वीरेन्द्रनगर । कोरोना रोकथाम र नियन्त्रणमा काम गर्न हेलचेक्र्याइ गरेको भन्दै नेपाली कांग्रेसले कर्णाली प्रदेशसभामा प्रदेश सभाको बैठक अबरुद्ध गरेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित १७ बुँदे ध्यानाकर्षण पत्रसहित संकल्प प्रस्ताव दर्ता गर्दा पनि त्यसलाई बेवास्ता गरिएको भन्दै कांग्रेसले बैठकको अवरुद्ध गरेको हो। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका थिए ।

बिभिन्न आरोप लगाउँदै गैर प्रजातान्त्रिक ढंगले बैठक सञ्चालन नगर्न सभामुखलाई अनुरोध गरेका छन् ।

प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाले थिलोथिलो भएको विषयलाई लिएर ध्यानाकषर्ण गरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दा त्यसलाई हटाइन्छ र मतलब गरिन्न भने बैठक सञ्चालन हुन नदिने चेतावनी दिए ।

सभामुख राजबहादुर शाहीले प्रतिपक्षी दलका सबै प्रस्तावक सभा सदस्यको विषयले ध्यानाकर्षण भएको बताए पनि निर्वाध रुपमा सभा अवरुद्ध गरेका थिए ।

Published : Friday, 2020 June 19, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया