शुक्रबार काठमाडौंमा दुई महिला र एक पुरुषमा कोरोना भेटियाे

काठमाडौं । शुक्रबार काठमाडौंमा थप तीन जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको बताए ।

उनले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप ३ जनामा संक्रमण भेटिएको बताए ।

काठमाडौंमा भेटिएका संक्रमित दुई जना महिला र एक जना पुरूष हुन् ।

पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कुल संक्रमित संख्या ८ हजार २७४ पुगेको छ ।

डा.गौतमले हालसम्म १ हजार ४ सय २ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बताए ।

कोरोनाभाइरसको संक्रमणबाट नेपालमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।

Published : Friday, 2020 June 19, 5:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया