ओखलढुंगा कम्युनिस्टका होनहार दुई युवा नेताहरू कांग्रेसमा प्रवेश

ओखलढुंगा । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार अलोकप्रिय भइरहेका बेला ओखलढुंगा जिल्लामा दुई जना स्थानीय नेताले कम्युनिस्ट पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

लाकडाउनका बेला मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर २ वक्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्यग गरेर शिव अधिकारी र रविन्द्र कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूले कम्युनिस्ट पार्टी भ्रष्टाचारमा लिप्त रहेकाले आफूहरूलाई कम्युनिस्ट भन्न पनि लाज लागेर पार्टी परित्याग गरेको बताएका छन् ।

नेकपा परित्याग गरेर कांग्रेसमा प्रवेश गर्ने शिव अधिकारी क्रान्तिकारी शिक्षक संगठन मानेभञ्ज्याङ गाउँपालिकाका स्थानीय कार्यसमितिका संयोजक हुन् ।

रविन्द्र कार्की माओवादीका वाक्सा युवा संगठनका सदस्य हुन् ।

कोरोना भाइरसको संक्रमण र लकडाउनले देश संकटमा परेका बेला पनि कम्युनिस्ट नेताहरू कमाउ धन्दामा लागेको कांग्रेसका प्रवेश गरेका युवाहरूले बताएका छन् ।

Published : Thursday, 2020 June 18, 7:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया