प्रहरीका इन्स्पेकटरसहित १६ जना प्रहरीहरू हिरासतमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा इन्स्पेक्टरसहित १६ जना रहेका छन् ।

लकडाउनका बेला समेत उनीहरू हिरासतमै छन् । तस्करीको करीव ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरी फागुनको दोस्रो सातादेखि हिरासतमा छन्

अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गरी मुद्दा अगाडि बढाएको छ ।

प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र बिक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठपनि हिरासतमा छन् ।

Published : Friday, 2020 June 12, 6:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया