लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, एसईई परीक्षा नलिने

काठमाडौं । कम्युनिस्ट सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ ।

बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले जारी लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गरेर कृषि, उद्योग, ब्यापारमा खुकुलो गर्ने भनिएको छ ।

काठमाडौं उपत्यकासहित जोखिम कम भएका क्षेत्रहरूमा जोर विजोर प्रणाली लागू गरेर सवारी सञ्चालन गर्ने सम्भावना छ ।

विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरू तत्काल खुल्ने छैनन् ।

यसैबीच, सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)काे परीक्षा नलिने निर्णय गरेकाे छ । विद्यालयको आन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय भएको छ ।

शिक्षा मन्त्रालयले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिनेजस्ता विकल्प पेश गरेको थियो ।

अब विद्यालयहरूले आन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।

बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयकाे जानकारी बिहीबारकाे नियमित पत्रकार सम्मेलनमा विस्तृत रुपमा दिइनेछ ।

Published : Wednesday, 2020 June 10, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया