कांग्रेसले आज कम्युनिस्ट सरकारका प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाउने भएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बिहान १० बजे बालुवाटारमा ओलीलाई भेटेर ज्ञापन पत्र बुझाउनेछन् । पौडेलसँग कांग्रेसका अन्य नेताहरू पनि जानेछन् ।

कोभिड १९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउँन कम्युनिस्ट सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि कांग्रेसले ओलीको ध्यानाकर्षण गराउन लागेको छ ।

Published : Wednesday, 2020 June 10, 8:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया