धनुषा कांग्रेसद्वारा प्रशिक्षण शाखा विस्तार

जनकपुरधाम । नेपाली कांग्रेस धनुषाले प्रशिक्षण शाखाको विस्तार गरेको छ ।

धनुषा कांग्रेसले प्रशिक्षण शाखा गठन गरेको हो । जिल्ला उपसभापति सन्तोषकुमार यादवको संयोजकत्वमा १६ सदस्सीय शाखा गठन भएको छ ।

शाखाको उपप्रमुखमा अशोकलाल कर्ण, सचिवमा धिरेन्द्रमोहन झा रहेका छन् ।

सदस्यहरूमा जगतसुन्दर साह, सुदेश चौधरी, मदन घिमिरे, शिवशंकर यादव, बौएलाल मुखिया, रामअशिष महतो, सावित्री श्रेष्ठ, नीता भारती गिरी, रामजुलुम यादव रहेका छन् ।

पदेन सदस्यहरूमा रेखादेवी साह, सुचितलाल मरिक, शिवजी राय र काशी नारायण श्रेष्ठ रहेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीलाई सुदृढ र सशक्त बनाउने अभिप्रायले देशभरिका कांग्रेस कार्यकर्तालाई प्रशिक्षण दिने उदेश्य शाखा बनाइएको छ ।

Published : Tuesday, 2020 June 9, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया