लकडाउनका बेला जनताले कर तिर्न सक्दैनन्ः कास्की कांग्रेस

पोखरा । नेपाली कांग्रेस कास्कीले लकडाउनका बेला व्यवसायीलाई कर तिर्न गरेको आग्रहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘व्यापार, व्यवसाय ठप्प रहेको अवस्थामा व्यवसायीले कर तिर्ने अवस्था छैन ।’ यस्तो अवस्थामा व्यवसायीलाई कर तिर्न बाध्य पार्न खोज्नु सरकारको गैरजिम्मेवारी भएको उनले बताए ।

कांग्रेसले लकडाउनको अवधीमा सरकारले कर तिर्न दिएको दवावले व्यवसायीहरूलाई निरास बनाएको जनाएको छ ।

कास्की कांग्रेसले कोरोना परीक्षणको दायरा बढाउन र व्यवस्थित क्वारेन्टिनको बनाउन माग गरेको छ ।

लामो समयको लकडाउनसँगै गरिब, विपन्न र दैनिक ज्यालादारी मजदुरी गरेर खाने वर्ग प्रभावित बनेको भन्दै कांग्रेसले राहत वितरण रोकेकोप्रति आपत्ति जनाएको छ । राहत वितरण गर्न कांग्रेसले माग गरेको छ ।

Published : Sunday, 2020 June 7, 5:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया