आइतबार २१३ जनामा कोरोना पोजेटिभ भेटियो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप २१३ जना थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा २१३ जना पोजेटिभ देखिएको प्रवक्ता डा.विकास देवकोटाले बताए ।

विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणमा नयाँ पोजेटिभ देखिएका हुन् । कोरोना पोजेटिभ भेटिएका मध्ये २०९ जना पुरुष र ४ जना महिला रहेका छन् ।

२१३ जना नयाँ संक्रमितसँग नेपालमा पोजेटिम भेटिएकाहरूको संख्या ३ हजार ४ सय ४८ पुगेको डा.देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ ।

Published : Sunday, 2020 June 7, 4:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया