लकडाउनमा तस्करलाई सहयोग गर्ने चार प्रहरी निलम्बित

जनकपुरधाम । प्रदेश २ का चार जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

लकडाउनका बेला तस्करलाई सहयोग गरेको अभियोगमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी निलम्बनमा परेका हुन् ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले प्रहरीको आचारण विपरितको कार्य गरेपछि कारबाही गरिएको बताए ।

उनीहरू सर्लाही जिल्लाको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए ।

Published : Wednesday, 2020 June 3, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया