काठमाडौंमा उपचाररत वृद्धाको कोरोनाबाट मृत्यु

काठमाडौं । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ७६ वर्षीया व्यक्तिको मृत्यु भएको बताए ।

योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर २ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो ।

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो ।

उनको न्यूरो सर्जरी समेत गरिएको थियो । संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो ।

जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो ।

Published : Wednesday, 2020 June 3, 5:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया