राप्ती गाउँपालिकामा क्वारेन्टाइन बसेकालाई शक्ति वर्धक औषधि प्रदान

तीर्थराज ज्ञवाली

मसुरिया । दाङको राप्ती गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा बसेका नागरिकलाई राप्ती आयुर्वेदिक चिकित्सालयको तर्फबाट शक्ति वर्धक आयुर्वेदिक औषधि उपलब्ध गराइएको छ ।

पछिल्लो समय कोरना संक्रमणको भयावह बन्दै गएपछि भारतबाट घर फर्कने क्रममा क्वारेन्टाइनमा बसेका २१ जनालाई शारीरिक तथा मानसिक स्फुर्तिका लागि चिकित्सालयले चुर्ण प्रदान गरिएको हो ।

क्वारेन्टाइनमा बसेकालाई आयुर्वेदिक औषधि प्रदान गर्दै प्रदान गरिएको चुर्ण कोरनारोगको औषधि नभै शरीरमा शक्ति प्रदान गर्ने औषधिय चुर्ण भएको डा.मदनकुमार बिसीले बताए ।

गुडुची, चुर्ण, लहरे, गुर्जो, अश्वगन्धा, आमलकी चुर्णको सेवनले शरीरमा शक्ति आउने डा.बिसीले बताए । चुर्णले विभिन्न रोगबाट बच्न सहयोग पुग्ने समेत आयुर्वेदिक औषधि प्रदान गर्दै कविराज कैलाश न्यौपानेले जानकारी दिए ।

राप्ती गाउँपालिका तथा प्रदेश सामाजिक विकास मन्त्रालयको अनुरोधमा स्थानीय जडीबुटीको प्रयोग तथा पहिचानको गर्दै क्वारेन्टाइनमा बसेकाको शारीरिक तथा मानसिक स्फुर्तिका लागि राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुरले औषधिसहित डाक्टरहरूको परामर्श टोली राप्तीका क्वारेन्टाइनमा पठाएको स्वास्थ्य संयोजक नारायण राउतले जानकारी दिए ।

डा.बिसी, न्यौपाने, स्वास्थ्य संयोजक नारायण राउत, संञ्चार संयोजक तीर्थराज ज्ञवाली तथा कर्मचारी दलबहादुर बस्नेतसहितको टोलीले औषधि प्रदान गर्नुका साथै क्वारेन्टाइनमा बसेकाहरूसंग दुरी कायम गरि भावनात्मक कुराकानी समेत गरेको थियो ।

Published : Sunday, 2020 May 17, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया