मोदीद्वारा भारतमा ४० लाख करोडको राहत प्याकेज घोषणा

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४० लाख करोड रुपियाँको राहत प्याकेज घोषणा गरेका छन् ।

मंगलबार मोदीद्वारा घोषणा गरिएको प्याकेज भारतको जीडीपीको करीब १० प्रतिशत हिस्सा रहेको जनाइएको छ ।

कोरोना भाइरसको संक्रमण र लकडाउनका कारण समस्यामा परेकाहरूलाई प्याकेज पु¥याइनेछ ।

मोदीले लकडाउनका बेला देशबासीलाई सम्बोधन गरेर सो घोषणा गरेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले राहत प्याकेज घोषणालाई ‘आत्मनिर्भर भारत प्याकेज’ नाम दिएका छन् ।

प्याकेज भारतको जीडीपीको करीब १० प्रतिशत हिस्सा रहेको मोदीले जनाएका छन् ।

कोरोना संकटका बीच एकपटक फेरि मोदीले सम्बोधन गरेर ४० लाख करोड रुपियाँ बाँड्न आर्थिक प्याकेजको घोषणा गरेसँग भारतमा आशा जागेको छ ।

यो प्याकेजले अर्थ व्यवस्थालाई सहि दिशामा लैजान सहयोग मिल्ने मोदीले दाबी गरेका छन् ।

Published : Tuesday, 2020 May 12, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया