सगरमाथा हड्पन खोज्दा चीनको विरोध, सी चिङपिङको पुत्ला दहन

काठमाडौं । चिनियाँ हस्तक्षेप तथा बिस्तारवादबिरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) गोरखा र नेपाल तरुण दलले राँके जुलुस निकालेको छ ।

राँके जुलुससहित चिनियाँ राष्ट्रपतिको पुत्ला दहन समेत नेविसंघ र तरूण दलले गरेका छन् ।

राँके जुलसपछि प्रदर्शनकारीहरू कोण सभामा परिणत भइ चिनियाँ हस्तक्षेप तथा बिस्तारवादबिरुद्ध चर्काे आलोचना गरेका थिए ।

नेविसंघका नगर सभापति सुमन पन्त र संघका गोरखा अध्यक्ष सुवास अधिकारी पछिल्लो समय चीन नेपालमाथि गिद्दे नजर लगाएको बताए ।

मंगलबार नेविसंघ वीरगञ्जले ‘गो ब्याक चाइना’को नारा लगाउँदै चीनविरूद्द विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले ब्यानरसहित चीनको चर्काे आलोचना पनि गरेका थिए ।

यसअघि चिनियाँ हस्तक्षेपको विरोध नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस तारकेश्वर नगरपालिका–४ ले काठमाडौंमा गरेको थियो ।

त्योभन्दा अगाडि सिन्धुलीका युवाहरूले चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला दहन गरेका थिए ।

नेपालको झण्डा बोकेका युवाहरूले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

केही दिनअघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मेमा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो ।

जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । सो विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् ।

गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरूले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

Published : Tuesday, 2020 May 12, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया