चीनबिरुद्ध पनि हुन थाल्यो प्रदर्शन

काठमाडौं । भारतले नेपालको भूमि कब्जा गरेको र चीनले सगरमाथामा गिद्दे नजर लगाएको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ जिल्ला कार्यसमिति बाराले आपत्ति जनाएको छ ।

नेविसंघले ‘गो ब्याक चाइना’ र ‘गो ब्याक इण्डिया’को नारा लागउँदै विरोध प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले ब्यानरसहित चीन र भारतको चर्काे आलोचना गरेका छन् ।

सगरमाथा क्षेत्रका केही तस्वीरसमेत राखेर चीनको ‘चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)’ले आधिकारिक ट्वीटर ह्याण्डलमा सगरमाथालाई चीनको तिब्बत स्वायत्त क्षेत्रमा पर्ने विश्वको सर्वोच्च शिखर भनेर उल्लेख गरिपछि नेविसंघले ‘गो ब्याक चाइना’को नारा लगाएको थियो ।

भारतले दार्चुला जिल्लाको लिपुलेकमा अतिक्रमण गरी गरेको सडक निर्माणको समेत विरोध गरिएको छ ।

Published : Tuesday, 2020 May 12, 7:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया