लकडाउनका बेला भारतले औकात देखाएपछि कांग्रेसले बुधबार धारणा सार्वजनिक गर्ने

काठमाडौं । लकडाउनका बेला भारतले लिपुलेक अतिक्रमण गरेर सडक निर्माण गरेपछि विरोध गर्दै आएको नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ ।

सानेपास्थित पार्टी मुख्यालयमा कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर लिपुलेकको सीमा अतिक्रमण र कोरोना भाइरसको फैलादो संक्रमणका विषयमा धारणा सार्वजनिक गर्ने भएको हो ।

पत्रकार सम्मेलन वैशाख ३१ गते दिउँसो ठीक ३ बजे केन्द्रीय कार्यालयमा हुनेछ । पत्रकार सम्मेलनमा मुलुकको समग्र विषयमा कांग्रेसले धारणा राख्नेछ ।

सरकारको नीति तथा कार्यक्रम र आगामी बजेट तथा लकडाउनबाट समस्यामा परेका जनताका विषयमा पनि धारणा आउनेछ ।

Published : Tuesday, 2020 May 12, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया