नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या ५७

काठमाडौं । नेपालमा एकै दिन ५७ जना कोरोना भाइरसको संक्रमितहरू फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार नयाँ संक्रमित सबै पुरुष रहेका छन् ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कपिलवस्तुमा ८ जना, रुपन्देहीमा ९ जना र पर्सामा ३९ जना संक्रमित भेटिएका हुन् ।

बारा जिल्लामा १ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

Published : Tuesday, 2020 May 12, 1:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया