राष्ट्रिय सभाका अध्यक्षको जिल्लामा कांग्रेस नेता मल्लको प्रशंसनीय कार्य, कम्युनिस्टलाई तनाब

जलजला । पर्वत जिल्लाको जलजला गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता यामबहादुर मल्ल ‘रामकृष्ण’ले कोरोना भाइरसको संक्रमणबिरुद्धको अभियानलाई निरन्तरता दिएका छन् ।

अध्यक्ष मल्लले आफ्नो गाउँपालिकाका जनताको निःशुल्क स्वास्थ्य उपचारका लागि पाँच लाखभन्दा धेरै लगानी गरिसकेका छन् ।

शुरुवाती दिनमा जलजला गाउँपालिकाको कोरोना राहत कोषमा व्यक्तिगत रुपमा उनले दुई लाख रुपियाँ उपलब्ध गराएका थिए । कांग्रेस नेता मल्लले कुश्मा नगरपालिकाको राहत कोषमा ३० हजार रुपियाँ समेत प्रदान गरिसकेका छन् ।

मल्लले महाशिलामा कांग्रेसको राहत कोषमा ३० हजार, फलेबासको राहत कोषमा ५० हजार रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र परेका मजदुर, श्रमिक लगायत सर्वसाधारलाई उनले आफ्नै लगानीमा उद्धार समेत गरेका छन् ।

अध्यक्ष मल्लले फलेबास नगरपालिका र बिहादी गाउँपालिकालाई थर्मोगन, मास्क, सेनिटाइजर, पञ्जालगायतका स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
फलेबास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्मा र बिहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाललाई कांग्रेस नेता मल्लले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

मल्लले महाशिला, पैयूँ र मोदी गाउँपालिकामा पनि स्वास्थ्य सामग्री प्रदान गर्ने जानकारी दिएका छन् ।

जलजला गाउँपालिकाका एवम् युवा नेता मल्लले देखाएको मानवीय भावनाप्रति स्थानीयहरूले धन्यावाद दिएका छन् ।

मल्लले यसअघि जलजला गाउँपालिकाका कृषकहरूद्वारा सहयोग गरिएको तरकारी कुश्मामा ल्याएर मजदुर तथा बिपन्न परिवारहरूलाई वितरण गरेका थिए ।

कोरोनाको संक्रमण हुन सक्नेभन्दै अध्यक्ष मल्लले आफ्नो गाउँपालिका जलजलामा औषधि र स्वास्थ्य सामग्रीहरू तयारी अवस्थामा राखेको बताएका छन् ।

मल्लले जलजला गाउँपालिका क्षेत्रमा कोलोरिङ छर्कनका लागि थप ५० हजार रुपियाँ समेत सहयोग गरेका छन् ।

पर्वत जिल्ला राष्ट्रिय सभाका अध्यक्ष एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गणेश तिमिल्सिनाको गृहजिल्ला पनि पर्छ ।

कम्युनिस्टहरू सत्तामा रहेर समेत जिल्लाका लागि उचित कार्यहरू गर्न नसकेको भनेर आलोचना भइरहेका बेला कांग्रेस नेता मल्ल र पर्वत कांग्रेसले लकडाउनका बेला सक्दो सहयोगहरू गरिरहेको छ ।

Published : Monday, 2020 May 11, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया