कम्युनिस्ट सरकारविरुद्ध नेविसंघद्वारा काठमाडौंमा राँके जुलुस प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले काठमाडौंमा राँके जुलुस निकालेका छन् ।

भारतद्वारा नेपाली भूमि अतिक्रमण र सरकारले आफ्नो देशको भूमि रक्षा गर्न नसकेको भन्दै नेविसंघका नेता तथा कार्यकर्ताहरूले सोमबार साँझ काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरूले माइतीघरबाट पक्राउ परेका नेविसंघका अध्यक्ष राजीव ढुंगानासहितका नेता तथा कार्यकर्ताहरूको रिहाइ माग गरेका छन् ।

लिपुलेक भारतद्वारा अतिक्रमण गरेर सडक बनाएको विरोधमा नेविसंघले प्रदर्शन गर्ने क्रमममा प्रहरीले एक सयभन्दा धेरै विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो ।

Published : Monday, 2020 May 11, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया