भारतका कारण जोखिम बढ्यो, एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट एकै दिन २४ जना संक्रमित भएका छन् ।

सोमवार साँझ १३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा संक्रमित हुनेको संख्या १३४ पुगेको छ ।

सोमबार बिहान १० जना नयाँ संक्रमित देखिएका थिए । ती सबै कपिलवस्तु जिल्लाका थिए ।

सोमबार दिउँसो सप्तरीका थप एक १८ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पाइएको थियो ।

सोमवार थपिएका २४ जनामध्ये १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एकैदिनमा यतिधेरै संक्रमित पाइएको यो पहिलोपटक हो ।

भारतबाट लुकीछिपी सीमावर्ती क्षेत्रमा मानिस भित्रिएका विवरणमाझ कतिपय सीमाक्षेत्रस्थित जिल्लाहरूमा संक्रमितको संख्या बढ्दै गएको छ ।

सोमबार करीब २ हजार ८ सयको नमूना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वीस र चीन सरकारले पीसीआर परीक्षण किट नेपाल सरकारलाई सहयोग स्वरुप दिएसँगै परीक्षणले तीब्रता पाएको छ ।

Published : Monday, 2020 May 11, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया