अलमलमा परेको कम्युनिस्ट सरकारलाई कांग्रेसका डा.रिजालले दिए उचित सल्लाह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारलाई आगामी आर्थिक वर्षको लागि साउनमा पूरक बजेट ल्याउन सुझाव दिएका छन् ।

संसदको सोमबार बसेको बैठकमा बजेटको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा सहभागी हुँदै डा.रिजालले संक्रमितबाट पर्ने समस्या र क्षति न्यूनीकरणको उपायका लागि तत्काल एकिन गर्न नसक्ने अवस्था रहेको बताए ।

उनले सोही कारण साउनमा मात्रै पूरक बजेट ल्याने गरी अहिले बजेट पेस गर्न माग गरेका हुन् ।

कांग्रेसका सांसद डा.रिजालले संविधानको धारा ११९ अनुसार जेठ १५ गते सीमित बजेट ल्याउन सुझाव दिएका छन् ।

उनले संविधानको धारा १२१ को व्यवस्थाअनुसार पूरक अनुमान ल्याउन सुझाव दिएका छन् ।

उनले पर्यटन क्षेत्रबाहेकका अन्य क्षति अहिले एकिन गर्न नसकिने अवस्था भएकोले यसरी बजेट ल्याउन आवश्यक रहको बताए ।

उनले रोजगारी कसरी सिर्जना गर्ने आगामी नीति कस्तो लिने भन्ने विषयमा सदनमा संकल्प प्रस्ताव ल्याउने र त्यो संकल्प प्रस्तावमा प्रयाप्त छलफल गरेर बजेट ल्याउँद राम्रो हुने बताए ।

बजेट ठूलो आकारको ल्याएर तालीको पछि नलाग्नको लागि पनि कांग्रेसका डा.रिजालले आग्रह गरेका छन् ।

Published : Monday, 2020 May 11, 1:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया