सगरमाथाबारे भ्रम फिजाएपछि सिन्धुलीमा सल्कियो चिनियाँ राष्ट्रपतिको पुत्ला

सिन्धुली । सगरमाथाका विषयमा चिनियाँहरूले गलत भ्रम फिजाएपछि सिन्धुलीका युवाहरूले चिनियाँ राष्ट्रपति सी जिन पिङको पुत्ला जलाएका छन् ।

चिनियाँ मिडियाले सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेपछि नेपालीहरूले विरोध गरेका थिए ।

सोही विषयलाई लिएर सिन्धुलीमा युवाहरूले चिनियाँ राष्ट्रपति सीको पुत्ला जलाएका हुन् ।

सिन्धुलीको भिमानमा डा.केशव पौडेलको नेतृत्वमा स्थानीय युवाहरूले चिनियाँ राष्ट्रपतिको पुत्ला जनाएका थिए ।

नेपालको झण्डा बोकेका युवाहरूले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका थिए ।

चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेका उल्लेख गर्दै ट्वीट गरेको थियो ।

२ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरोमाथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्बिर राखेको थियो ।

जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्छ भनिएको थियो । सो विषयलाइ लिएर नेपालीहरूले समेत सामाजिक सञ्चालमा चीनको विरोध जनाइरहेका छन् ।

गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरूले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

Published : Monday, 2020 May 11, 1:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया