भारतको विरोधमा नेविसंघसहित सात विद्यार्थीले बुझाए ज्ञापन पत्र

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)सहितका ७ विद्यार्थी संगठनहरूले भारतबाट नेपाली भूमि मिचेको विरोधमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार विद्यार्थी नेताहरूले सिंहदरबारमा मन्त्री ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको नेविसंघका नेता दुजाङ शेर्पाले जानकारी दिए ।

‘लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय पक्षले कब्जा गरेको नेपाली भूमि फिर्ताको व्यवस्था अबिलम्ब गर्न माग गरेका छौँ’, उनले भने, ‘यदि नेपाली भूमि फिर्ता गराउन सरकारले पहल गरेन भने आन्दोलनको सामना गर्न तयार रहनुपर्छ ।’

भारतले नेपाली भूमि मिचेर चीनसँग जोड्ने सडक बनाएपछि विरोध हुँदै आएको छ ।

सोही क्रममा नेविसंघ, अखिल क्रान्तिकारी, अखिल पाँचौँ, राप्रविसंघ, अखिल नेपाल विद्यार्थी युनियनलगायतले परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

Published : Sunday, 2020 May 10, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया