लकडाउनले संकट परेका बेला खर्च बचाउन टण्डनले दिए सुझाव

क्यानडा । नरबहादुर टण्डनले कोरोना भाइरसको संक्रमणबाट आफ्ना देशका जनताको जीवन रक्षा गर्नुपर्ने बेला नेपालका नेताहरू पद र कुर्सीका लागि लडेको भन्दै चिन्ता जनाएका छन् ।

क्यानडामा बसोबास गर्दै आएका टण्डनले दुर्भाग्य बस नेपालका नेताहरूलाई जनताभन्दा आफ्नो पद कुर्सी प्यारो लागिरहेको भन्दै आलोचना गरेका हुन् । उनले कोरोना रोकथाममा नेपाल सरकारले बेवास्था गरिरहेको बताएका छन् ।

उनले लकडाउनका बेला नेपाल सरकार निदाइरहेको भन्दै नागरिकहरू भोकभोकै मरिरहेको जनाएका छन् ।

सरकारले तत्काल आन्तरिक खिचातानीलाई समाधान गरेर शिक्षा, स्वास्थ र आधारभूत विषयहरूमा ध्यान दिनुपर्ने उनले बताएका छन् ।

उनले प्रदेशका सरकार र सांसदहरूलाई खारेज गरि राज्यको ढुकुटीमा रकम सञ्चित गर्न सुझाव दिएका छन् । उनले फजुल खर्च कटौति गर्न आग्रह गरेका छन् ।

टण्डनले उच्च तहका पदाधिकारी र पूर्वप्रधानमन्त्रीहरूको सेवा सुविधा कटौति गर्न पनि सुझाव दिएका छन् ।

Published : Sunday, 2020 May 10, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया