कम्युनिस्टको दब्दवा रहेका बेला कांग्रेसले दियो देवकोटालाई सचेतकको जिम्मेवारी

काठमाडौं । कम्युनिस्टहरूको दब्दवा रहेका बेला नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटालाई जिम्मेवारी दिएको छ ।

कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले देबकोटालाई शुक्रबार संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् ।

यसअघि राष्ट्रियसभा कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी सरिता प्रसाइँले सम्हालेकी थिइन् । प्रसाइँको २ वर्षे कार्यकाल समाप्त भएपछि खाली रहेको पदमा देवकोटाले जिम्मेवारी पाएकी हुन् ।

सचेतकको जिम्मेवारीसहितको पत्र शुक्रबार पाएको देवकोटाले जानकारी दिइन् । उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएकी छन् ।

Published : Friday, 2020 May 8, 8:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया