कांग्रेस नेता डा.खड्काद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

गाइघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद डा.नारायण खड्काले उदयपुर जिल्लाका विभिन्न स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका डा.खड्काले शुक्रबार पीपीई, सर्जिलक र एन–९५ मास्क, स्यानिटाइजर, सर्जिकल ग्लोब्सलगायतका सामग्री प्रमुख जिल्ला अधिकारी दीपककुमार अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

कांग्रेस नेता डा.खड्काले काठमाडौंबाट ती सामग्रीहरू आफैले उदयपुर ल्याएका थिए । उदयपुर जिल्लामा देशकै सबैभन्दा बढी २८ जना कोरोना संक्रमित देखिएका छन् ।

जिल्लामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने कांग्रेस नेता डा.खड्काले बताएका छन् ।

Published : Saturday, 2020 May 2, 11:05 am

फेसबुकबाट तपाईको प्रतिक्रिया